Thursday, Oct 30, 2008

जगमगाउँदो उमेरको डगमगाउँदो स्वाभीमान

(यसलाई 1152 जनाले 'डाउन्लोड' गरिसके)

आफ्नो कम्प्युटरमा आयात गर्नोस (58 min)   
अक्टोबर २९, २००८ ( कार्तिक १३, २०६५)

मृत्युको पगरी गाँसिएरै जन्मेको 'मानिस' हरेक समय त्यो अद्भुत शक्तीको खोजी गर्दैछ जसको अधिनमा रहेर उसले यस संसारमा अभिनय गरिरहेको हुन्छ। आत्माका अनुभुतीहरु आफै नै त्यो अलौकिक शक्तीको ज्वारभाटाबाट निस्केका झिल्का हुन। मुटुमा हात राखेर हामीले परमात्मालाई अनुभुत गरेका छौं, अंगालोमा बेरिएर हामीले त्यो ओजश्वी शक्तीको परीक्षण गरेका छौं। स्वयंले बिकास गरेका अनगिन्ती नाता सम्बन्धहरुले ब्यक्ती आँफै भ्रमीत हुँदैछ र मात्र हो, नत्र, परमेश्वरको अथाह शक्ती आफैमा निहित नभएको भए चन्द्रमा र मंगल ग्रह सम्म पुग्ने क्षमता उसमा कसरी बिकास हुन्थ्यो! हरेक ब्यक्ती बिशाल छ, ठूलाठूला युद्ध उसले जितेको छ उसका कर्तुतहरुको लागि इतिहाँस साक्षी छ तर पनि त्यो बिशालता भित्र सबैभन्दा पातलो र कमलो 'मन' राखिएको छ। त्यो पलभरमा हात्ती जस्तो गर्‍हुङ्गो हुन्छ अनी एकैक्षणमा फेरी चङ्गा जस्तो तैरिन्छ। आफ्नो जवानी र जोशमा ठूलाठूला सपना बोकेर त्यो गर्‍हुङो बन्छ भने सानो झट्का र आत्मामा लागेको चोट सहन नसकेर आँफै बरबाद पनि हुन्छ। कसरी मानिस बिचलित हुन्छ? किन आफ्नो लक्षबाट बिमुख हुन्छ? बुलबुलका प्रस्तोताको 'श्रव्य मनोवाद' यहाँ प्रस्तुत गरेका छौं।

कुवेरले तीलको गेडा जम्मा गरे जस्तो एुटा ब्यक्तीले जीवनभर लगाएर ब्यक्तित्व बनाउँछ तर त्यसको लेखाजोखा नगरेर आत्मियता र स्वाभीमानमा प्रहार गर्ने अबुझ र स्वाँठ्हरुलाई प्रहार गरेका छन आजको बुलबुलमा, अच्युत घिमिरेले, आउनोस सुनौं।

(यस कार्यक्रमलाई नेपालका संचार माध्यम मार्फत चैत्र महिनामा प्रसारण गरिएको थियो।

पुराना बुलबुलहरुको संकलन:

१. बुलबुल: 'प्रेम उर्जा हो'
२. बुलबुल: एक्लै एक्लै काट्नु पर्ने रात मुर्दावाद
३. बुलबुल: 'मज्जा आउँछ माया ला’को, दुनियाँको आँखा छली'
४. बुलबुल: गजलका तन्नेरी मनहरु
५. बेदनाको अनुभुती- गजल

 

<< Home

1 Comments:

Anonymous said...

Great blog!

11:35 PM

बिषयगत पृष्‍ठहरु

मुख्य पृष्‍ठ
समसामयीक
जातिय बिभेद
स्रष्टा र साहित्य
बिज्ञान प्रबिधी

ईतिहास बुन्ने आवाज
साझा बगैंचा

नेपालमा कति बज्यो?

ताजै रहेका प्रकाशनहरु

बुलबुल: 'प्रेम उर्जा हो' प्रचन्डद्वारा संयुक्त राष्ट्र महासभामा सम्बोधन

सबैभन्दा चर्चित प्रकाशनहरु

१. बुलबुल: जगमगाउँदो उमेरको डगमगाउँदो स्वाभीमान .......
२. बुलबुल: एक्लै एक्लै काट्नु पर्ने रात मुर्दावाद
३. फगत एक नजरमा,कसैले लियो मन .......

नेपाल सम्बन्धी बाह्य 'पोड्काष्ट्'

१. नेकपा (माओवादी)प्रति अमेरीकाको लचकता:डेविड गोलुस्टको रिपोर्ट
(VOA समाचार): मे २९, २००८

आरएसएस/बिज्ञापन कडीहरु

Podcast RSS-channel
If you would like to advertise in this podcast, click here for more information.

एक पटक सुन्नै पर्ने रेडियो

विश्व संगीत अन्तर्गत 'फ्युजन्' (बिशेष समिश्रण) को शुरुवात (सन् १९७८) गर्ने 'यान्सियन्ट फ्युचर' (Ancient Future)को ईन्टरनेट रेडियो

कहिले पनि सुन्न नहुने रेडियो

भूमिगत संगीत: 'बुर्झ्हुम' समुह र समकालीन...

कपुरी'क'का हितैषी

आकार
शंकर दाहाल
प्रशन स्याङ्देन
प्रज्ञा तुलाधर
कमला पन्थी
रबी गुरुङ
पवन आचार्य
घिमिरे, युवराज
मिलन ढुंगाना
बिष्णु के.सी.
रुपेश सिलवाल
संपर्क: nepalmypodcast(याट)gmail.com