Thursday, Oct 23, 2008

बुलबुल: 'प्रेम उर्जा हो'

(यसलाई 811 जनाले 'डाउन्लोड' गरिसके)

आफ्नो कम्प्युटरमा आयात गर्नोस (60 min)   

अक्टोबर २३, २००८ (कार्तिक ०७, २०६५)

प्यालाले छाक टार्छ अचेल 'बिरही', ढुङ्गासित बात मार्छ अचेल 'बिरही'
धुवाँभित्र अस्तब्यस्त जीवन डढाएर, देख्नेलाई चकित पार्छ अचेल 'बिरही'

बाबुराम भुषाल अर्थात 'बिरही शिशिर' जन्मले अर्घाखाँचीका हुनुहुन्छ। गजलबिधामा नवोदित भएपनि अन्तर्मुखी स्वभावका 'बिरही'सँगको कुराकानीले किशोर-प्रेमालापको झल्को दिन्छ। अंग्रेजी साहित्यको औपचारिक शिक्षा र दर्शनशास्त्रको स्वाध्ययनले 'शिशिर'लाई वजनदार बनाएको अनुभव जो कसैले गर्न सक्दछ। प्रेमलाई उर्जाको रुप दिने बुलबुलका अतिथिको बिचारमा 'अनुभवले अनुभुतीलाई झक्झकाउनु पर्छ।' लक्ष्मी प्रसाद देवकोटाबाट प्रभावित वहाँले आफ्नो परिवारको 'राम्रो जागीर' खाने सल्लाहनुसार अध्यापन पनि गर्नु भएको थियो। छोटो समयको प्रेम प्रसंगमा गहिरो अनुभुती संगालेका 'बिरही शिशिर' छोटो तर मीठो बोल्नु हुन्छ.......

मैले प्रिया भन्छु भन्थें, उनी पति भन्छु भन्थिन्
मैले फूल दिन्छु भन्थे, उनी पत्र गन्छु भन्थिन्

सुनौं अच्युत घिमिरेको कार्यक्रम: बुलबुल

अतिथिको मागलाई ध्यानमा राख्दै, केही हिन्दी गजल (गमका खजाना तेरा भी हे मेरा भी, पत्थर बना दिया, दिवारों से मिलकर रोना )का अंश पनि प्रस्तुत गरिएका छन्। (फोटो स्रोत: आइ अफर)

पुराना बुलबुलहरुको संकलन:

१. बुलबुल: एक्लै एक्लै काट्नु पर्ने रात मुर्दावाद
२. बुलबुल: 'मज्जा आउँछ माया ला’को, दुनियाँको आँखा छली'
३. बुलबुल: गजलका तन्नेरी मनहरु
४. बेदनाको अनुभुती- गजल

आगामी आकर्षण:
बुलबुलको आगामी आकर्षण (शीर्षक: जगमगाउँदो उमेरको डगमगाउँदो स्वाभीमान) दिनाङ्क १३, कार्तिक तदनुसार अक्टोबर २९ तारीख (बुधबार) प्रसारण हुनेछ। नेपाली समयनुसार रात्रीको ठीक ९ बजे।

 

<< Home

2 Comments:

Anonymous said...

malaaii gajal sun na man laag6. ra yesmaa rahekaa sabai gajala haru maile suneko 6u sarai manparyo.
dhanyabad.
by, bednath pulami -www.bednath.blogspot.com

6:50 PM
Anonymous said...

great concept

3:55 AM

बिषयगत पृष्‍ठहरु

मुख्य पृष्‍ठ
समसामयीक
जातिय बिभेद
स्रष्टा र साहित्य
बिज्ञान प्रबिधी

ईतिहास बुन्ने आवाज
साझा बगैंचा

नेपालमा कति बज्यो?

ताजै रहेका प्रकाशनहरु

प्रचन्डद्वारा संयुक्त राष्ट्र महासभामा सम्बोधन

सबैभन्दा चर्चित प्रकाशनहरु

१. बुलबुल: जगमगाउँदो उमेरको डगमगाउँदो स्वाभीमान .......
२. बुलबुल: एक्लै एक्लै काट्नु पर्ने रात मुर्दावाद
३. फगत एक नजरमा,कसैले लियो मन .......

नेपाल सम्बन्धी बाह्य 'पोड्काष्ट्'

१. नेकपा (माओवादी)प्रति अमेरीकाको लचकता:डेविड गोलुस्टको रिपोर्ट
(VOA समाचार): मे २९, २००८

आरएसएस/बिज्ञापन कडीहरु

Podcast RSS-channel
If you would like to advertise in this podcast, click here for more information.

एक पटक सुन्नै पर्ने रेडियो

विश्व संगीत अन्तर्गत 'फ्युजन्' (बिशेष समिश्रण) को शुरुवात (सन् १९७८) गर्ने 'यान्सियन्ट फ्युचर' (Ancient Future)को ईन्टरनेट रेडियो

कहिले पनि सुन्न नहुने रेडियो

भूमिगत संगीत: 'बुर्झ्हुम' समुह र समकालीन...

कपुरी'क'का हितैषी

आकार
शंकर दाहाल
प्रशन स्याङ्देन
प्रज्ञा तुलाधर
कमला पन्थी
रबी गुरुङ
पवन आचार्य
घिमिरे, युवराज
मिलन ढुंगाना
बिष्णु के.सी.
रुपेश सिलवाल
संपर्क: nepalmypodcast(याट)gmail.com